स–सर्त सरकारमा जाने जसपाको निर्णय

काठमाडौं,२० पाैष ।

जनता समाजवादी पार्टी, नेपालले स–सर्त सरकारमा जाने निर्णय गरेको छ। मंगलबार राजधानीमा बसेको राजनीतिक समितिको बैठकले आफ्ना एजेण्डाहरु कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको हो।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्ना ऐजण्डाहरू समावेश गरेमा सरकारमा जाने सैद्धान्तिक निर्णय भएको कार्यकारिणी सदस्य प्रमोद साहले सेतोपाटीलाई जानकारी दिए। सरकारमा जान शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय भएको साहले बताए। स्रोतका अनुसार जसपाले ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गरेको छ।

त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता मनिस सुमनले जानकारी दिए।त्यस्तै आजको बैठकले माघ मसान्तभित्र पार्टीले आफ्ना सबै निष्क्रिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णयसमेत गरेको छ।

गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन्।

जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ। जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले जानकारी दिए।

सेताेपाटी 

स–सर्त सरकारमा जाने जसपाको निर्णय

गुर्भाकोट ८ नम्बर वडा कार्यालय द्वारा जेष्ठ

स–सर्त सरकारमा जाने जसपाको निर्णय

२ हजार तिरेर नवीकरण पत्र लैजान सम्बन्धन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!