२०८२ फाल्गुन ५ गते
×

Now Playing

सुरक्षित महिनावारीका लागि स्यानिटरि प्याड तालिम

स्यानिटरि प्याड निर्माण सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिका सल्यानको सबैको लागि दिगो खानेपानी तथा स्वच्छता आयोजना (सुस्लेवा)ले कार्यक्रम सञ्चालन गरेको थियोे ।


विद्यालयबाट सहभागी एक जना विद्यार्थी, एक जना र महिला स्वास्थ्य स्वं सेविका, शिक्षिका गरि करिव २५ जना सहभागिलाइ तालिम दिएको थियोे ।

सरसफाइ सुरक्षीत र मार्यादित महिनावारिका लागि उक्त तालिम फलदायी हुने (सुस्वा)आयोजनाले जनाएको छ ।
वजारमा पाइने पलाष्टिकजन्य प्याड भन्दा आफैंले तयारी पारेको कपडाको स्यानिटरि प्याड स्वच्छता हुने जनाएको छ । यो सँगै उक्त संस्थाले नगरका विभिन्न क्षेत्रका ठाउँहरुमा खानेपानी निर्माण कार्य गर्दै छ । वडा नं ३ को पाट्के, ४ र ५ को च्युरा, काँरा, रोकाय गाउँ, त्यसै गरि वडा नं ७ को राम्चाउन, वडा १२ को माझखर्कमा यहि आर्थिक वर्षमा खानेपानी आयोजना सम्पन्न गर्ने संस्थाको दावि छ ।

स्यानिटरि प्याड सिपमुलक तालिमको समापनमा ६ नं वडा अध्यक्ष गणेश विसि, नगर उप प्रमुख पुरुषोत्तम आचार्य, नगर प्रमुख कर्ण वहादुर वुढाथोकिले धारण राखेका थिए ।

नगर प्रमुख वुढाथोकिले दिगो खानेपानीसँगै मानविय स्वच्छता सम्बन्धि क्षेत्रमा समेत काम गर्ने उदेश्यले यो तालिम आयोजना गरिएको जनाए । सुस्वा, नगरपालिका तथा उपभोक्तको साझेदारीमा नगरका विभिन्न क्षेत्रमा खानेपानी तथा वास सरसफाइमा काम भैरहेको जनाएको छ ।

जसबाट सुरुको वर्ष तीन सय १९ घरधुरी, एक हजार नौं सय ८० जना लाभान्वित हुने दावि गरिएको छ । वजार अन्यबाट निकासी हुने पलाष्टिक जन्य प्याड भन्दा आफैंले तयारी गरेको प्याड नै निकै महत्त्वपूर्ण र लाभदायक हुने जनाएको छ ।
वडा अध्यक्ष थुम विसिको सभा अध्यक्षतामा भएको कार्यक्रमको सुस्वा आयोजनाका वास सहजकर्ता निमप्रसाद वुढाले सञ्चालन गरेको वताएको छ ।

सुरक्षित महिनावारीका लागि स्यानिटरि प्याड तालिम

बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

सुरक्षित महिनावारीका लागि स्यानिटरि प्याड तालिम

अपांगमैत्री भवन नहुँदा समस्या