२०८२ फाल्गुन ५ गते
×

Now Playing

एमाले संकल्प अभियानको लागि विद्यालयद्धारा स्वागत गेट निर्माण


नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी राजमार्ग अन्र्तगतको संकल्प अभियानमा दैलेख जिल्लाको एक माध्यमिक विद्यालय पनि पक्षमा उभिएको छ ।

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ६ स्थित श्री रेडक्रस माध्यमिक विद्यालय भुर्तिले एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीसहितका नेताहरुलाई स्वागत गर्न घुम्ने खोलामा स्वागत गेट निर्माण गरेको हो ।

एमालेको अभियान टोली आईतवार दैलेख सदरमुकाममा आउने कार्यक्रम रहेकाले उक्त स्वागत गेट निर्माण गरिएको पाइएको हो ।

नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष जितेका जनक न्यौपाने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको उक्त विद्यालयले मध्यपहाडी सडक खण्डमा बडेमानको स्वागतद्वार निर्माण गरेको हो ।

विद्यालयले स्वागतद्धार निर्माण गरेर राजनीतिमा होमिएपछि दैलेखमा विद्यालयको आलोचना हुन थालेको छ ।
राजनीतिक आस्थालाई पर राखेर शिक्षा दिक्षा दिने विद्यालय नै राजनीतिक दलका पछि लागेको यो पहिलोपटक हो ।
‘यो एमाले मात्रैको विद्यालय होईन, यहाँ सबै दलमा आस्थावान अभिभावकका छोराछोरीहरु अध्ययन गर्ने गर्दछन् ।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा देखि राजनीतिक रुपमा संलग्न हुन नपाउने व्यवस्थाको बर्खिलाप यो विद्यालयले गरेको छ ।’ स्थानीय पत्रकार भीम सिजापति भन्छन, ‘यो भनेको रमिता हो । विद्यालयको आडमा राजनीति गर्न दिने काम कोही कसैले गर्न हुँदैन र गर्न दिनु पनि हुँदैन ।’

यता, विद्यालयका प्रधानाध्यापक पदम थापालाई यस बारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
उता, नगर शिक्षा शाखा प्रमूख पुर्ण प्रसाद उपाध्यायले भने त्यसरी कुनै अमूक राजनीतिक दलको स्वागतमा विद्यालयले स्वागत गेट बनाउन कानूनी रुपमा नमिल्ने बताए ।

उनले भने, ‘त्यो उहाँहरुले कुन रुचि लिएर बनाउनु भएको हो थाहा भएन । त्यसरी कुनै एक दलको व्यानर बनाई स्वागतद्धार निर्माण गर्न पाईदैन । यसबारेमा म विद्यालयका प्रधानाध्यापकलाई बुझ्छु ।’ ‘त्यसपछि गेट भत्काउन लगाउने देखि अन्य छानविनका कार्यहरु हामी अघि बढाउँछौं ।’

एमाले संकल्प अभियानको लागि विद्यालयद्धारा स्वागत गेट निर्माण

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड

एमाले संकल्प अभियानको लागि विद्यालयद्धारा स्वागत गेट निर्माण

लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति