बझाङमा पुनः ६.३ रेक्टरको भूकम्प

सुर्खेत । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।
आज मंगलवार दिउँसो ३ः०६ बजे बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । यसअघि २ः४० बजे बझाङ जिल्लाकै तालकोट आसपास भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।
भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।






