केपि शर्मा वलि मंसिर १९ गते सल्लिवजार आउदै


नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिकाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाटकै शिशिलामा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा वलि सल्लिवजार आउने जनाएको छ ।
नेकपा एमालेले सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पूर्वको चिवाभञ्ज्याङ, पाँचथरसम्म झण्डै १९ सय किलोमिटर सडकमा शीर्ष तहका नेतालाई यात्रा गराउँदै छ ।
एमालेले यस यात्रालाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । मध्यपहाडी संकल्प यात्रामा एमाले, बैतडीको झुलाघाटबाट सुरु भएको १९ औँ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने संकल्प यात्रामा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने २६ जिल्लाका नागरिकसँग प्रत्यक्ष भलाकुसारी गर्दै छ । अभियानलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि योजना बनाउने घोषणा छ ।
सोहि क्रममै यहि मंसिर १९ गते मंगलवार यात्राको छैटौं दिन विहान ठिक ९ बजे सल्यान पश्चिम सल्लिवजारमा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा वलिको आगमन हुने छ ।
केपि शर्मा वलिसँगै सो यात्रामा सयौं कार्यकर्ता र सयौं गाडिएको लावालसकर सहित छिन्चु जाजरकोट सडक खण्डमै कार्यक्रम हुने नेकपा एमाले सल्यानले जानकारी दिएको छ ।






