हुम्लामा एक किशोरी डायरी लेखेर बेपत्ता

सुर्खेत ।
डायरी लेखेर हुम्लामा एक किशोरी बेपत्ता भएकी छिन् । खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी हुन् ।

नाम्खा गाउँपालिका– ४ स्थित महाबौद्ध माध्यमिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजातालाई हिमालयन चिल्ड्रेन सोसाइटी छात्रावासले निष्कासन गरेपछि किशोरी बेपत्ता भएको आफन्त चिन बोहोराले जानकारी दिए ।

छात्रावासका शिक्षक–शिक्षिकाले किशोरीलाई मानसिक तनाव दिनुका साथै प्रहरीसँग भेटघाट गर्ने गरेको आरोपमा छात्रावासबाट ७ असोजमा निष्कासन गर्ने निर्णयपछि सुजाता १३ असोजमा डायरी लेखेर बेपत्ता भएको बोहोराले जानकारी दिए ।

छात्रावासबाट निष्कासन गरेपछि बालिका सोही दिन सदरमुकाम सिमकोटमा रहेको आफ्ना दिदी–भिनाजुको कोठामा पुगेकी थिइन् ।

बोहोरा सुजाताका भिनाजु हुन्। सालीले १२ असोजमा आफू छात्रावासले दिएको तनावका कारण अबदेखि यो संसारमा रहँदैन भन्दै डायरीमा लेखेर छोडेको भिनाजु बोहोराले बताए ।

हुम्लामा एक किशोरी डायरी लेखेर बेपत्ता

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाहको अग्रता कायमै

हुम्लामा एक किशोरी डायरी लेखेर बेपत्ता

गुर्भाकोटमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ