रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

जुम्ला,१९ माघ ।

रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए।

४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। आफ्नो घर कोलपुर नगरपालिका १० बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन्।

’यो देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ। रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाचेर के गर्नु,’ आत्मदाहको प्रयास गर्दै गर्दा कार्की भनेका थिए। अहिले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई बोलाएर जिम्मा लगाइएको छ। उनको अवस्था भने सामान्य रहेको छ।

नागरिक दैनिक

रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रास्वपा केन्द्रीय समितिको बैठक सुरू

रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

गुर्भाकोटमा  एक युवा   मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *