सीडीयोहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन– जनतालाई दुख दिने काम नगर्नू

काठमाडौं,१९ पाैष ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी(सीडीयो)हरुलाई निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री लामिछानेले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था बुझ्न सोमबार बिहान प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भर्चुअल बैठक गरेका थिए।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले गृहमन्त्री लामिछानेले सहज ढंगले जनताको काम गर्न सीडीयो र सुरक्षा अधिकारीलाई निर्देशन दिएको अन्नपूर्णपोस्ट्लाई जानकारी दिए। उनले भने, ‘गृहमन्त्री ज्यूले मुलुकमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभयो।’

अन्नपुर्ण 

सीडीयोहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन– जनतालाई दुख दिने काम नगर्नू

झलनाथ खनालले भने– माग्दै नमागेको समर्थन यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!