झलनाथ खनालले भने– माग्दै नमागेको समर्थन यो सरकारलाई हामीले किन दिने?

काठमाडौं,१८ पाैष ,

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्। उनले सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने बताए।

’सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रुपमा प्रस्ताव आउनुप¥यो। माग्दै नमागेको समर्थन हामीले किन दिने हो?,’ उनले भने, ’यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठीक पनि हुँदैन।’

गत पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालालई भेटेर आफू नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। यसबारेमा खनालसँग जिज्ञासा राख्दा पार्टीमा यसबारेमा औपचारिक प्रस्ताव नआएको बताए।

सेताेपाटी 

झलनाथ खनालले भने– माग्दै नमागेको समर्थन यो सरकारलाई हामीले किन दिने?

भूउपयोग नीति लागू गर्न निजी जग्गा चुनौती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!