श्रमिकका हकमा जिम्मेवार हुन अनुरोध

सुर्खेत ।
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपाल टे्रेड युनियन महासंघ (जिफन्ट) कणर्ाली प्रदेश कमिटीले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार र्‍यालीसहित कोणसभा गरेर मनाएको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट र्‍याली सुरु गरेर गोदामलाईन, हटियालाईन हुँदै घण्टाघर चौकको पिपल चौतारीमा पुगेर कोण सभा परिणत भएको थियो ।

कोण सभाका अध्यक्ष जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले प्रतिफलका लागि एकतावद्ध हुन, संगठित हुन र परिचालित बन्न सक्नु नै श्रम संसारको श्रमशक्ति विकास भएको बताउँदै विभिन्न कालखण्डमा हुने श्रमिकहरुको अधिकारमाथिको हनन्का विरुद्ध जोसुकैलाई नछोड्ने र अधिकारका लागि संघर्ष गर्ने चेतावनी दिए । अध्यक्ष जिसीले श्रम ऐन र स्थानीय सरकार सञ्चालन ऐेनमा भएको व्यवस्था अनुसार श्रमिकको प्रतिनिधित्वलाई तिनै तहका सरकारको नीति निर्माण तहमा कार्यान्वयनमा लागि दवाव सिर्जना गर्दै आइरेको र अगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा श्रम तथा रोजगार क्षेत्रमा प्रयाप्त नीति कार्यक्रमहरु राखी कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई आव्हान गरे । कोण सभामा बोल्दै प्रमुख अतिथि जिफन्ट प्रदेश इन्चार्ज एवम् नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य नवराज सिंहले बढ्दो मंहगीका कारण श्रमिकहरुको जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाका आधारहरु समेत कटौती गर्ने चलखेल गरिरहेकोले त्यसको विरुद्धमा होशियार रहन र प्रतिवाद गर्न एकताबद्ध हुन प्रेरणा आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामीले कणर्ालीमा श्रमिकहरु माथिको ज्याला विभेद र श्रम शोषण विद्यमान रहेको बताउँदै कानुनतः सबैको अधिकार सुनिश्चित गर्न एकजुट भई अधिकारका लागि हस्तक्षेप गर्न लाग्नुपर्ने आवश्यकता रहेको औल्याए ।

श्रमिकका हकमा जिम्मेवार हुन अनुरोध

मजदुरको हक र अधिकारका पक्षमा छु :

श्रमिकका हकमा जिम्मेवार हुन अनुरोध

‘अपाङ्गता’को सवालमा हेलचेक्राइँ

Leave a comment

Your email address will not be published. Required fields are marked *