मजदुरको हक र अधिकारका पक्षमा छु : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले किसान मजदुरको हकहित र अधिकारका पक्षमा सदैब आफुलाई प्रस्तुत गर्ने प्रण गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शर्माले सो कुरा बताएका हुन् । कर्णालीका मेहनती श्रमिक जनसमुदाय खासगरी किसान मजदुरको पक्षमा आफुलाई अग्रसर गराउने उनको भनाइ छ ।

साथै शर्माले युवाहरुको सीप, ज्ञान, र उर्जा देश विकासमा लगाउन प्रदेश सरकार क्रियाशील रहेको पनि बताए । ‘ मुलुकमा ठुलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने क्रम बढिरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा स्वदेशमै रोजगारीको प्रयाप्त अवसर उपलब्ध गराई हामी आफु पनि श्रम गर्ने र अरुको श्रमको पनि सम्मान गर्ने संस्कार र संस्कृतिको विकास गरी मुलुकको श्रमशक्ति मुलुकमै उपयोग हुने आधार निर्माण गरौँ ।’ शर्माले कर्णाली प्रदेशको गरिबी विरुद्ध लड्नका लागि सम्पूर्ण कर्णालीबासी एकताबद्ध भई उत्पादन, निर्माण, उद्यम, नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गरेर समृद्ध कर्णाली, सुखारी कर्णलीवासी बनाउने सपना साकार पार्ने वातावरणको निर्काण गर्न अपिल पनि गरेका छन् ।

मुख्यमन्त्रीद्वारा जारी सन्देश 

मजदुरको हक र अधिकारका पक्षमा छु : मुख्यमन्त्री शर्मा

काम नगर्ने ठेकेदारलाई तह लगाउने कस्ले ?

मजदुरको हक र अधिकारका पक्षमा छु : मुख्यमन्त्री शर्मा

श्रमिकका हकमा जिम्मेवार हुन अनुरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *