नयाँ राजधानीमा पहिलो पटक प्रदेश सांसदले शपथ लिए 

दाङ,१७ पाैष ।

लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्। दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरियास्थित नवनिर्मित सभा हलमा उनीहरूले शपथ लिएका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा शपथका लागि शेरचनलाई बोलाइएको भए पनि शपथ खुवाउने व्यहोरा टेबलमा नपुगेपछि केहीबेर सन्नाटा छाएको थियो। त्यसपछि प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले व्यहोरा छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए।

केहीबेरमा शपथको व्यहोरा आएपछि शपथ खुवाउन फेरि प्रदेश प्रमुख शेरचनलाई बोलाइयो। त्यसपछि सबै सांसदहरूले उभिएर शपथ खाए। सांसदहरूले शपथ खाँदा संस्थापक मुख्यमन्त्री शंकर पोखरेल, सभामुख र मुख्यमन्त्री भने उभिएनन्। शपथ ग्रहणका क्रममा विभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकले सांसदहरूले लगाएका थिए।

रोल्पा र रूकुमका मगर समुदायका महिला पुरूष सांसदहरूले आफ्नो परम्परागत पहिरन लगाएर शपथ खाएका थिए। दाङ, बाँके र बर्दियाका थारू समुदायका सांसदले पनि आफ्नै मौलिक पहिरनमा शपथ लिएका थिए। रूपन्देही, कपिलवस्तु, बाँकेका मधेसी समुदायका सांसदहरूले पनि आफ्नै पहिरनमा शपथ लिए।

शपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए। हस्ताक्षरपछि उनीहरूलाई प्रदेश प्रमुख, मुख्यमन्त्री बसेको ठाउँमा झोला लिन बोलाइयो। प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा सदस्यलाई बधाई दिँदै झोला दिए।

त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरेका छन्। भुसाल गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन्। प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्नेछन्। हप्ता दिनभित्र सभामुख र उपसभामुख चुनिने अपेक्षा गरिएको छ।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अरू सबै प्रदेशमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी भए पनि लुम्बिनीमा भने ‘भर्जिन ल्यान्ड’ मा राजधानी तोकिएको हुँदा त्यो नमूनायोग्य रहेको बताए। देशकै नमूना राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले भनाइ छ।

सेताेपाटी 

नयाँ राजधानीमा पहिलो पटक प्रदेश सांसदले शपथ लिए 

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछः

नयाँ राजधानीमा पहिलो पटक प्रदेश सांसदले शपथ लिए 

प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!