राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछः ओली

काठमाडौं,१७ पाैष ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउल खेल्नेले रेडकार्ड पाउने बताएका छन्। दन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गरेका छन्।

‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डो लगायतको उदाहरण दिँदै ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामीलाई चाहिएको समाज फउल नखेल्ने समाज हो।’

ओलीले राजनीतिमा पनि फउल खेल्न नहुने बताए।‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेडकार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले मन्त्रिपरिषद विस्तार हुन केही समय लाग्ने संकेत पनि गरेका थिए।

एमालेसहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले प्रधानमन्त्री छन्। उनले ८ मन्त्रीमात्रै बनाएका छन्, मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। ओलीले अहिले खेलकूदमन्त्री नभएको र केही दिनपछि मन्त्रिपरिषद विस्तार हुने बताए।

सेताेपाटी 

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछः ओली

नयाँ राजधानीमा पहिलो पटक प्रदेश सांसदले शपथ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!