स्यार्पु बहुमुखी क्याम्पस बाफिकोटको नयाँ सन्चालक समिति अध्यक्षमा धर्मबहादुर केसि

प्रचण्ड खत्री
रुकुम पश्चिम,,१७ पौष ।

स्यार्पु बहुमुखी क्याम्पस बाफिकोटको नयाँ सन्चालक समिती गठन गरिएको छ । शनिबार क्याम्पस सभा बोलाएर संचालक समिती गठन गरिएको हो ।

धर्मबहादुर केसिको अध्यक्षतामा दस सदस्यीय संचालक समिति गठन गरिएको स्यार्पु बहुमुखी क्याम्पस बाफिकोटले जनाएको छ । जसको उपाध्यक्षमा हर्कसिङ खत्री , सदस्यहरुमा डर्ने कामी , हिराचन्द मल्ल , नन्दाकेसी नाथ , हिरा जैसी , जोखबहादुर चन्द , टिका राणा , ज्योतिका नेपाली , नरु जैसी रहेका छन ।

सदस्य सचिबमा क्याम्पस प्रमुख तिलकराम पुन रहनु भएको छ । सर्बपक्षियबाट सन्चालक समिती गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया