त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा

काठमाडौं,१६ पाैष ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ। त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो। त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्।

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा

कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु,

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा

नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!