नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बाँके ,१६ पाैष ।

ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ। नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो।

दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेताेपाटी 

नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा

नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!