एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौं,१४ पाैष ।

नेकपा (एमाले)को राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन्।

राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए।

सेताेपाटी 

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

७ दलबीच ’भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

एमाले अध्यक्ष ओली भए सत्ता साझेदार दलको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!