७ दलबीच ’भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं,१४ पाैष ।

सरकारलाई समर्थन गरेका ७ दलका नेताहरू आज बालुवाटारमा छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार बस्ने गरी बोलाएका छन्। यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए।

गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन्। तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइसकिएको छैन। माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ। प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ। तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएका छैनन्।

साथै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनीनिकट एक नेताले दाबी गरेका छन्। सरकारका न्युनतम साझा कार्यक्रम तय गरेर जाने विषयमा पनि आज गठबन्धन बैठकमा छलफल गरिने भएको छ। राप्रपालगायत दलहरूले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउनुपर्ने र त्यहाँ आफूहरूका सर्त समावेश गरिनुपर्ने अडान राखिरहेका छन्।

७ दलबीच ’भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

चीनबाट अमेरिका आउने यात्रुमाथि कडाई

७ दलबीच ’भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!