चीनबाट अमेरिका आउने यात्रुमाथि कडाई

न्युयोर्क,१४ पाैष ।

अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गर्ने भएको छ। आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको हो।

यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ। यो नियम तेस्रो मुलुक हुँदै आउने यात्रुका साथै अमेरिका हुँदै अन्य गन्तव्यमा जान चाहने यात्रुका हकमासमेत लागू हुने अमेरिकी स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यात्रुले प्रस्थानको बढीमा ४८ घन्टाअघि कोभिड जाँच गराउनु पर्नेछ । कोरोना संक्रमणको यथास्थितिबारे चीनले पारदर्शी र पर्याप्त तथ्यांक सार्वजनिक नगरेको आरोपसमेत अमेरिकाले लगाइएको छ । यसअघि भारत, ताइवान, जापान, मलेसिया र इटालीले पनि चीनबाट आउने यात्रुलाई कडाई गर्न थालिसकेका छन्।करिब तीन वर्षदेखि लागू गरेको शून्य कोभिड नीति अन्तर्गतका कडाई खुकुलो पारेसँगै चीनमा संक्रमण हृवात्तै बढेको छ।

झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ। जनवरी ८ देखि चीन प्रवेश गर्ने विदेशी यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन भने देश बाहिर जान चाहने चिनियाँहरुका लागि पासपोर्ट आवेदन खुला गरिनेछ।

कोभिड प्रतिबन्धहरू खुकुलो पारेसँगै चीनमा दैनिक लाखौं मानिस कोरोना संक्रमित भइरहेको र अस्पताल तथा शव दाह गृहहरुमा अत्यधिक चाप बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाइरहेका छन्। रेडियो फ्रि एशियाका अनुसार शून्य कोभिड नीति खुकुलो पारेको २० दिनमै चीनमा करिब २५ करोड मानिस कोरोना संक्रमित भइसकेका छन्।

चीनको दक्षिणपश्चिमी शहर छेंग्दुस्थित एउटा ठूलो अस्पताल हृवाक्सिमा कोरोनाका बिरामीको चाप अत्यधिक बढेको अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उक्त अस्पतालको इमर्जेन्सी कक्ष र बाहिर बिरामीको लामो लाइन रहेको समाचारमा उल्लेख गरिएको छ । छेंग्दुकै डोंग–जिआवो शवदाह गृहको पार्किंगस्थल भरिभराउ भएको र दैनिक करिब दुई सय शवदाह गर्नु परेको त्यहाँका कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

 

चीनबाट अमेरिका आउने यात्रुमाथि कडाई

वीरेन्द्रनगरमा अबैध आर्थिक संकलन गरेको आरोपमा दुई

चीनबाट अमेरिका आउने यात्रुमाथि कडाई

७ दलबीच ’भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!