एमाले अध्यक्ष ओली भए सत्ता साझेदार दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

काठमाडौं,१४ पाैष ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ।

आजको छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको बैठकमा सहभागी गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए।

‘न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको छ। सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो,’ लामिछानेले भने, ‘न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक÷एक जना सदस्य पनि पठाउने तयारी छ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ। यसमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। लामिछानेका अनुसार पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए। राप्रपाले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने र आफूहरूका सर्त सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्ने बताइरहेको छ।

एमाले अध्यक्ष ओली भए सत्ता साझेदार दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

एमाले अध्यक्ष ओली भए सत्ता साझेदार दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

कर्णाली नेतृत्वमा दुवैको दाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!