२०८३ आश्विन १७ गते
×

Now Playing

मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, १४ असार ।

नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारीको ७१ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । मदन भण्डारी फाउन्डेसन र नेकपा एमाले तथा सो पार्टीसँग आबद्ध जनसंगठनहरुले मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

आज विहानै कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीसहित पुगेर मदनको शालिकमा माल्यार्पण गरेका थिए । एमालेको पूरानो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुमा अवस्थित शालिकमा नेताहरुले माल्यार्पण गरेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने नविन विचारक भण्डारी छोटो समयमा नेपाली राजनीतिमा स्थापित भएका नेता हुन् । विश्वबाट कम्युनिस्ट शासनहरु ढलिरहेका बेला ९० को दशकमा भण्डारीले जनताको वहुदलीय जनवादको नाममा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गरेका थिए ।

भण्डारीलाई विश्वप्रसिद्ध पत्रिकाहरुले माक्र्स नेपालमा जीवित छन् भनेर चर्चामा ल्याएका थिए । २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा पिता देवीप्रसाद भण्डारी माता चन्दकुमारीका कोखबाट जन्मिएका मदन भण्डारी एमालेको चौथो र पाँचौ महाधिवेशनबाट महासचिव बनेका थिए ।

उनले २०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विश्वचर्चित बनेका थिए । भण्डारीको २०५० जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा रहस्यमय निधन भएको थियो ।

स्रोत : रातोपाटी

मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाइँदै

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको क्लिनस्विप

मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाइँदै

मौसम खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *