न्युजिल्यान्डमाथि इंग्ल्यान्डको क्लिनस्विप

काठमाडौं,१४ असार ।
इंग्ल्यान्डले न्युजिल्यान्डसँगको तीन टेस्ट खेलको सिरिजमा क्लिनस्विप गरेको छ । जो रूट र जोनी बेयरस्टोको सानदार ब्याटिङमा न्यूजिल्याण्डलाई तेस्रो टेस्टमा ७ विकेटले हराउँदै क्लिनस्विप गरेको हो ।
जितको लागि २ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो। इंग्ल्यान्डको जितमा जो रूट ८६ रनमा अविजित रहँदा बेयस्टो ७१ रनमा अभिजित रहे । ओली पोपले ८२, ज्याक क्रली २५ र एलेक्स लेक्स ९ रनमा आउट भएका थिए। न्युजिल्यान्डका टिम साउथी र माइकल ब्रेसवेलले समान १–१ विकेट लिए ।

त्यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३ सय २६ रनमा अल आउट भएको थियो। न्युजिल्यान्डका लागि टम ब्लेन्डलले सर्वाधिक ८८ रन बनाउँदै अविजित रहेका थिए । डर्याल मिचेलले ५६ रन बनाउँदा टम लाथमले ७६ रनको पारी खेले। यस्तै केन विलियम्सनले ४८ रन जोडे। डेभन कन्वेले ११ रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। इंग्ल्यान्डका ज्याक लेचले सर्वाधिक पाँच विकेट लिए। बलर म्याथ्यु पट्सले तीन विकेट लिँदा ओभर्टन र जोय रूटले १–१ विकेट लिए ।
इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ६० रनमा अल आउट भएको थियो। उसका लागि जोनी बेयरस्टोले सर्वाधिक १ सय ६२ रन जोडेका थिए ।
यस्तै डेब्यु खेलमै ओभरटनले ९७ रन बनाए। स्टर्ट बोर्डले ४२ रन जोड्दा कप्तान बेन स्टोक्स १८ रनमा आउट भए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार, टिम साउथीले तीन र वाग्ररले दुई विकेट लिए । त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३ सय २९ रनमा अल आउट भएको थियो। उसका लागि डर्याल मिचेलले सतकीय इनिङ्स खेले। उनले १ सय ९ रन बनाउँदा टम ब्लन्डेलले ५५ रन बनाए। कप्तान केन विलियम्सन ३१, डेभन कन्वे २६ र टिम साउथी ३३ रनमा आउट भए ।
इंग्ल्यान्डका ज्याक लेचले सर्वाधिक पाँच विकेट लिए। स्टुअर्ट ब्रोडले तीन, म्याथ्यु पट्स र जेमी ओभरटनले एक एक विकेट लिए । यसअघि इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो । इंग्ल्यान्डले अब भारतसँग टेस्ट खेल खेल्नेछ ।
स्रोत : सेतोपाटी


