२०८३ आश्विन १७ गते
×

Now Playing

जाजरकोटका एक युवाको भिरबाट लडेर मृत्यु

दोलखा, १४ असार ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरको रिकु भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लामाबगरस्थित रिकु भिरबाट लडेर जाजरकोटका छेडागाड नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनी मजदुरीका लागि दोलखा पुगेका थिए । पुनको लामाबगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए ।

तामाकोशी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो । हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ ।

जाजरकोटका एक युवाको भिरबाट लडेर मृत्यु

बाढीपहिरोले पानीको मुहानमा क्षति

जाजरकोटका एक युवाको भिरबाट लडेर मृत्यु

उपकरण खरिदका क्रममा व्यापारीसँगको सेटिङमा अनियमितता

Leave a comment

Your email address will not be published. Required fields are marked *