कुपिण्डे तालमा डुबेर वेपता वनेका वस्नेतको शव गोताखोरले निकाल्यो

दुर्गा विसि

सल्यान ११ साउन ।

विदेशबाट घर फर्किएपछि घुम्न सल्यानको कुपिण्डे ताल पुगेका वस्नेत तालमा डुवेर वेपता भएका थिए ।उनी साथि लिएर कुपिन्डे ताल घुम्न आएका थिए ।मनोरञ्जन गर्ने क्रममै तालमा डुबेपछि बेपत्ता भएका उनको शव २४ घण्टा पछि शस्त्रको गोताखोर टोलिले निकालेको छ ।

मंगलबार मध्यान्ह साढे १२ बजे कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका सल्यान कपुरकोट गाउँपालिका –६ सिनबाङ साविक स्थायी ठेगाना भई हाल तुलसीपुर उपमहानगरपालिका –६ दाङ तुलसीपुर ६ बस्दै आएका अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेतको बुधबार दिउँसो करिब १२ः४५ बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

तालमा डुबेर बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट १० जनाको प्रहरी टोली र सुर्खेत स्थित ६ नम्बर बाहिनी गणबाट ७ जनाको गोतारखोरको टोलिले बस्नेत चिप्लिएको ठाउँदेखि करिब १० मिटर पश्चिमको भागमा तालको पिधँ गहिराइमा जेलिएर रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

अहिले बस्नेतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए। वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दा उनका साथि धादिङ खानिबास गाउँपालिका –३ घर भएका ३२ वर्षिय मुल बहादुर तामाङ संग कुपिन्डे ताल घुम्न गएका बस्नेत मंगलबार दिउँसो करिब साढे १२ बजे तिर डुबेर बेपत्ता भएका थिए ।

कुपिण्डे तालमा डुबेर वेपता वनेका वस्नेतको शव गोताखोरले निकाल्यो

महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

कुपिण्डे तालमा डुबेर वेपता वनेका वस्नेतको शव गोताखोरले निकाल्यो

एसईईको नतिजा सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *