महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

सुर्खेत ११ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध गरेका छन्। उनिहरुले बुधबार वीरेन्द्रनगरमा थाल ठटाएर प्रदर्शन गरेका हुन्। महिला संगठनका जिल्ला उपाध्यक्ष भूमी खत्रीको नेतृत्वमा केन्द्रीय सदस्य जनक सिंह ठकुरी, जिल्ला अध्यक्ष कविराम पुरी, प्रदेश सचिव सूर्यबहादुर शाही लगायतको अगुवाईमा प्रर्दशन गरिएको थियो।

उनिहरुले ‘महंगी नियन्त्रण गर, कालो बजारी र भ्रष्टाचारीमाथि कारबाही गर, राप्रपाको २२ बुदे माग पूरा गर’ लगायतका नारासहित बिरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन र्यालि मंगलगढी चोक हुँदै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बालविवाहमुक्त अभियान

महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

कुपिण्डे तालमा डुबेर वेपता वनेका वस्नेतको शव

Leave a comment

Your email address will not be published. Required fields are marked *