सुनको भाउ बढ्यो

काठमाडौं,१३ असार ।

सोमबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोत  : सेतोपाटी

सुनको भाउ बढ्यो

देशभर मनसुनी वायुको प्रभाव

सुनको भाउ बढ्यो

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले

Leave a comment

Your email address will not be published. Required fields are marked *