जबरजस्ती करणीेको आरोपमा १ जना व्यक्ती पक्राउ

दिपेन्द्र शर्मा
जाजरकोट, १३ असार ।
जाजरकोट जबरजस्ती करणी गरेको आरोपमा १ जना व्यक्ती पक्राउ परेका छन् । २०७९ असार ८ गते राती अन्दाजी १२:०० बजेको समयमा जिल्ला जाजरकोट कुसे गा.पा.वडा नं ५ दमदला बस्ने २८ वर्षको मायाराम नेपालीले अन्दाजी १६ वर्षको परिवर्तित नाम थर सुर्खेतमा सुतेको कोठामा गई जबरजस्ती करणी गरी भागी गएको भन्ने सुचनाको आधारमा प्रहरिले प्रकाउ गरेको हो ।

पाचकाटिया चौकि बाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा असार १० गते बेलुका अन्दाजी ६:१० बजेको समयमा निज मायाराम नेपालीलाई ऐ.ऐ. दमदलाबाट फेला पारेको र तत्काल निजलाई पक्राउ गरी यस कार्यालयमा ल्याई जिल्ला अदालत जाजरकोटबाट ७ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको जिल्ला जाजरकोटले बताएको छ ।





