पञ्चपुरी नगरपालिकाद्वारा स्टेचर हस्तान्तर

सुर्खेत ।
पञ्चपुरी नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकालाई स्टेचर हस्तान्तरण गरेको छ ।

आईतवार एक कार्यक्रमको आयोजना गरी पञ्चपुरी नगरपालिका-२ र ३ का महिला स्वास्थ्य स्वयमसेविकालाई स्टेचर हस्तान्तरण गरिएको हो । पञ्चपुरीका ग्रामिण भेगहरु अझै पनि सडक तथा सञ्चार सुविधाबाट बञ्चित छन् ।

यी ग्रामिण बस्तीहरुमा सामान्य खालका विरामीको उपचारका लागि स्वास्थ्य संस्था लैजान डोको वा स्टेचरको भर पर्नु पर्ने बाध्यता छ । नगरपालिकाले यस अघि वितरण गरेका स्टेचर जिणर् बनेपछि पुनः स्टेचर वितरण गरेको हो ।

पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा र उपप्रमुख भक्तिदेवी पुरी रेग्मीले वडाध्यक्ष जगतबहादुर बिसी मार्फत स्टेचर हस्तान्तरण गरेका हुन् । वितरित स्टेचर मार्फत नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने नगरपालिकाको विश्वास छ ।

पञ्चपुरी नगरपालिकाद्वारा स्टेचर हस्तान्तर

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र

पञ्चपुरी नगरपालिकाद्वारा स्टेचर हस्तान्तर

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बोलायो बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *