सहिद पार्कमा विशेष कविता बाचन

सुर्खेत, १० वैशाख ।
पारिजात स्मृति तथा लोकतन्त्र दिवशको अवसर पारेर सुर्खेतमा विशेष कविता बाचन गरिएको छ । प्रगतिशील लेखक संघ कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगरको सहिद पार्कमा आयोजना गरेको कार्यक्रममा विभिन्न २२ जना कविहरुले कविता बाचन गरेका छन् ।

कार्यक्रममा साहित्यकारहरु डा. दिपक गौतम, युद्धबिक्रम शाही, ऋषिप्रसाद थानी, हरिलाल महतरा र जागेश्वर नेपाल पाँच/पाँच वटा कविता बचन गरेका थिए । उनीहरुलाई आयोजकले सम्मान समेत गरेको थियो ।
प्रा.डा. जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशिल लेक संघ कर्णाली प्रदेश अध्यक्ष युद्धबिक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरु पृथ्वीबहादुर सिंह, रगविर विश्वकर्मा लगायत विभिन्न २२ जना साहित्यकारहरुले गीत, कविता, देउडा र गजलसमेत बाचन गरेका थिए ।







