छिन्चुमा निशुल्क योग शिविर को उद्घाटन

दिलिप ढकाल
सुर्खेत,८ असार

भेरिगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय आयुर्बेद शाखा जहरे को आयोजनामा  एक कार्यक्रम का बीच निशुल्क योग शिविरको उद्घाटन गरिएको छ । भेरिगंगा नगरपालिका का नगरप्रमुख यज्ञ प्रसाद ढकाल ले भेरिगङ्गा नगरपालिका वडा नम्बर १२ छिन्चु स्थित श्री शारादा माध्यमिक बिद्यालय छिन्चुको प्राङ्गनमा निशुल्क योग शिविरको उद्घाटन गर्नु भएको हो ।

मानवताको लागि योग भन्ने मुल नाराका साथ् आठौ अन्तरास्ट्रिय योग दिबस २०२२ (२१ जुन ) को अबसरमा निशुल्क योग शिबिर संचालन भएको हो । यहि असार ७ गते देखि सुरु भएको निशुल्क योग शिबिर ११ गत्ते सम्म संचालन हुने मैनतडा आयुर्वेद स्वास्थ्य प्रमुख छविलाल खड्काले जानकारी दिनुभयो ।

मैनतडा आयुर्वेद शाखा जहरेको आयोजनामा संचालित उक्त शिविरमा सहभागीलाई योग ,ध्यान,स्वस्थ खानपानका बिषयमा जानकारी दिईने खड्काले जानकारी दिनुभयो । उक्त शिविरमा भेरिगंगा नगर निवासी साथै नगर बाहिरका मानिस हरु सहभागी हुन पाउने छन ।

उक्त निशुल्क योग शिविर सन्चालन हुनुको मुख्य कारण सम्पुर्ण नगरमा रहेका बालबालिका लगायत सम्पुर्ण समुदायमा सर्ने अथवा नसर्ने रोगबाट बच्नका लागि विभिन्न योगा सङ्गै खानपानको आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृदि गर्न सक्ने , स्वस्थ जिबन यापन जिउनको लागि, गाउ समाज र टोल टोल मा स्वस्थ जिबनशैलीका कुरा हरु अग्रसर बनाउनको लागी निशुल्क योग शिविर सन्चालन गरिएको हो ।

प्रत्यक दिन विहान ५ ः०० देखि ७ ः०० वजेसम्म आफ्नो म्याट,पि फर्म सहित सहभागी भै मौकाको फाईदा लिनुहुन समेत मैनतडा आयुर्वेद स्वास्थ्य प्रमुख छविलाल खड्काले जानकारी दिनु भयो ।

भेरीगंगा नगरपालीका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डांगी को अध्यक्षता तथा भेरीगंगा नगरपालीकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समाजसेबी , कर्मचारी बिद्यार्थी लगायत स्थानीयको पनि उपस्थिती रहेको थियो ।

छिन्चुमा निशुल्क योग शिविर को उद्घाटन

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच

मुल्यवृद्धि विरुद्ध जाजरकोटमा विरोध प्रर्दशन

Leave a comment

Your email address will not be published. Required fields are marked *