उम्मेद्वारको टुंगो लगाउन एमाले हुम्लाको बैठक शुरु

केबि थापा
हुम्ला (सिमकोट), ७ बैशाख ।
स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेरदवारको टुंगो लगाउन नेकपा एमालेको बैठक शुरु भएको छ । अदानचुली गाउँपालिकाको सम्पर्क कार्यालयमा अपरान्ह १ बजे बसेको बैठकमा जिल्लाकम सातवटै गाउँपालिकाका कमिटिबाट आएका नामहरुमा छलफल गर्ने एजेण्डाका साथै बैठक बस्न लागेको नेकपा एमाले हुम्ला जिल्ला कमिटिका सचिव तिर्थराज बोहराले जानकारी दिए ।

वैशाख ४ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संवोधन गरेका वृहत आमसभाको तयारीमा लागेको एमालेले गाउँबाट आएका सिफारिसका आधारमा वडा र पालिकाको उम्मेरदवारको टुंगो लगाउने छ ।

गएको चैत ३० गते भर्चुअल माध्यमबाट बसेको दोस्रो जिल्ला कमिटिको बैठकले टिकटको अन्तिम टुंगो लगाउन पाँच जना जिल्ला कमिटिका पदाधिकारी, स्थायी कमिटि सदस्इ तथा जिल्ला इन्चार्ज गोरख बोगटी, केन्द्रीय कमिटि सदस्इ तथा सह–इन्चार्ज दल रावल, दल फडेरा र संविधानसभा सदस्य छिमि दोर्ची लामा (आशाकर)लाई अधिकार पत्यायोजन गरेपछि उम्मेदवारको टुंगो लगाउन उक्त संयन्त्रको बैठक बस्न लागेको एमाले हुम्ला अध्यक्ष कलबहादुर हमालले जानकारी दिए ।

‘सात वटैं गाउँपालिका कमिटिले सम्भावित आकांक्षीहरुको नामावली सिफारिस गरेर पठाउनु भएको छ,’ अध्यक्ष हमालले भने, ‘त्यहि सिफारिसलाई आधार मानेर हामीले कार्यदलमा छलफल गरी पार्टीका तर्फबाट पालिकाका अध्यक्ष र उपाध्यक्षको नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र वडा अध्यक्षको निर्णय गर्ने तयारी भएको छ ।’

एमालेले वडा अध्यक्षको टुंगो जिल्ला बाटै लगाउने निर्णय गरेको छ भने पालिका अध्यक्ष र उपाध्यक्षको टुंगो प्रदेश कमिटिले लगाउने निर्णय गरेको छ ।

२०७४ वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सात वटा पालिका भएको हुम्लामा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपाध्यक्ष, १८ वडाध्यक्षसहित एकसय पद, नेपाली कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, ११ वडाध्यक्षसहित ७६ पदमा र एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा बीजयी भएको थियो ।

उम्मेद्वारको टुंगो लगाउन एमाले हुम्लाको बैठक शुरु

‘हामीले निर्वाचनमा लड्दा सबै काम गरिदिन्छाै भन्यौं’

उम्मेद्वारको टुंगो लगाउन एमाले हुम्लाको बैठक शुरु

YUGAAWHAN NATIONAL DAILY (2078-12-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *