२०८२ बैशाख १७ गते
×

Now Playing

बाढी प्रभावितलाई राहत वितरण

कालीकोट, ४ पाैष ।

गत असोजमा परेको पानीबाट प्रभावित परिवारले राहत पाउन थालेका छन् । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको छ ।

संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेर किर्डाकले कालीकोटका ३४० परिवार, जुम्ला र मुगुका ९४० जना बाढी प्रभावित परिवारलाई जनही १३ हजार पाँच सयका दरले राहत वितरण गरेको हो ।

किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द्रबहादुर शाहीले संस्थामा कार्यरत कर्मचारीका साथै विभिन्न कार्यक्रमबाट बजेट व्यवस्थापन परेर कालीकोटका ३४० घर परिवार, जुम्ला र मुगुका छ सय घरपरिवारसहित जम्मा ९४० घर परिवारलाई जनही १३ हजार पाँच सयका दरले खाद्यान्न, लुगा कपडा प्रदान गरिएको बताए ।

कालीकोटको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईंले आफ्नो नगरपालिका भित्रका १४० जनालाई राहत उपलब्ध गराएकोमा धन्यवाद दिए  ।

कालीकोटका प्रमुख जिल्ला अधिकरी रामहरि शर्माले जिल्लामा सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, प्लान नेपाल, हुरुन्डेक नेपालले बाढी प्रभावितलाई सहयोग गरिरहेको बताए  । गत असोज १९ यता पाँच दिन परेको पानीले आएको बाढी पहिरोमा परेर सात जनाको निधन भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

गाेरखापत्र 

बाढी प्रभावितलाई राहत वितरण

पालिकासँग भवन माग्दै प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *