जलविद्युत परियोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत, ३ असार ।

माथिल्लो कर्णाली जलविद्युत परियोजना अन्तरक्रिया कार्यक्रम राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आथितियमा सम्पन्न भएको हो । माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न कर्णालीका सरोकारवालाले सरकारसँग माग गरेका छन् । माथिल्लो कर्णाली जलविद्युत सरोकार समितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले लगानी जुटाउन नसकेर १५ वर्षदेखि लाईसेन्स नै ‘होल्ड’ गरिरहेको भारतीय कम्पनी जीएमआरको पीडिए सम्झौता रद्ध गरेर नागरिक र सरकारको संयुक्त स्वदेशी लगानीमा माथिल्लो कर्णाली जलविद्युत आयोजना सञ्चालनमा ल्याउनु पर्नेमा माग गरेका हुन् ।

आयोजना सञ्चालनका लागि विदेशबाट आउने रेमिट्यान्स र स्वदेशी पूँजीलाई प्राथमिकता दिएर नागरिकको हिस्सेदारीलाई सुनिश्चित गराउन सके सस्तो लगानीमै सञ्चालनमा ल्याउन सकिने माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष कमल विक्रम शाहीले बताए ।

उनले तेस्रो पटक म्याद थप गर्दा समेत जीएमआर कम्पनीबाट निर्माण सम्भव नदेखिएको भन्दै सम्झौता नै खारेज गर्न सरकारसँग माग गरेका छन् । उनले जोड दिँदै भने, ‘जिएमआरले काम गर्न सक्दैन भन्ने प्रमाणित भैसक्यो । सम्झौता भएको ८ वर्ष र समझदारीपत्रमा हस्ताक्षर भएको १४ वर्ष भैसक्यो परियोजना जहाँको त्यहीं छ ।

अब उक्त कम्पनीले काम गर्छ र आयोजना निर्माण हुन्छ भन्ने विश्वास त कसैलाई पनि रहेन ।’ लगानी बोर्डले सन् २०१४ मा नौ सय मेगावाटमा माथिल्लो कर्णाली निर्माणका लागि आयोजना विकास सम्झौता (पीडीए) गरेको थियो । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका पदाधिकारि , बुद्धिजिवि , शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

जलविद्युत परियोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न

बनगाडमा शैक्षिक सुधारको वाधक तत्व राजनीति

जलविद्युत परियोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न

देशका केही स्थानमा वर्षाको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *