जीवनशैली : बोलबम धार्मिक परम्परा कि फेशन टे्ण्ड !

सिर्जना बुढाथोकी
सुर्खेत, ३० साउन ।
साउनको महिना अर्थात धार्मिक हिसावले देवाधिदेव महादेव, भगवान शिवको महिना हो । रंगहरुमा पनि साउन महिना हरियो, पहेंलो र गेरुवा रंगको महिना हो । साउन महिनाको सुरुवातसंगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ ।

साउन महिनामा परेको सोमबारको दिन सोमबारे व्रत बस्नाले चिताएको मनोकामना पूरा हुने र पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गरेझैं असल श्रीमान पाउने विश्वासका साथ साउन महिनामा माछामासु बारेर चोखोनितो बस्ने मात्र नभई व्रत बस्ने र धर्मकर्म गर्नेको संख्या झनै बढि हुन्छ ।

साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गर्छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा पनि यो चलनलाई अपनाएका छन् ।

साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।

साउन लागेलगत्तै देशभरका शिवालयहरुमा यस्तै हरिया, पहेंला र गेरुवा वस्त्रधारी श्रद्धालुहरुको भीड हरेक सोमबार लाग्ने गर्छ, र त्यहि सोमबारे धर्मकर्ममा गेरुवा वस्त्रधारी काँवरियाहरुको एक जमात बाटोमा निस्कन्छ बोल बम् बोल बम् भन्दै । खासगरी भारतीय धार्मिक शहरहरुमा शिवआराधना गर्नका लागि गरिने बोल बम् यात्रा सुर्खेतमा शुरु भएको बढिमा एक दशक जति भयो होला । भारतसंग सीमा जोडिएका नेपालका तराइका जिल्लाहरु हुँदै बोल बम् यात्रा सुर्खेत आइपुगेको अनुमान गर्न सकिन्छ ।

पूर्व शिक्षिका समेत रहेकी वीरेन्द्रनगर ६ की पार्वती गिरी बोल बममा नियमित सहभागी हुनेमध्येकै एक हुन । सुर्खेतमा पनि बोलबमको संगठन नै बनेको उनले जानकारी दिइन् । यो संगठनले प्रत्येक सोमबार बुलबुलेको वरपिपलको वरपर पूजापाठ गरेर त्यहाँबाट ल्याएको पानीलाई सुर्खेतका विभिन्न स्थानमा रहेका शिवको मन्दिरमा चढाउने गरेको छ । यो वर्ष पनि आज अन्तिम सोमबार सुर्खेत बोलबम समाज र सम्पूर्ण बोलबमको तर्फबाट बिहान ८ बजेदेखि १२ बजे सम्म रुद्री पाठ र त्यसपछि भण्डारा लगाइने गिरीले जानकारी दिइन् ।

बोलबमको आफ्नै विधि छ । यसका निम्ति सात्विक जीवनशैली अपनाउनुपर्ने वा उपवास बस्नुपर्ने हुन्छ । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरूले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ । काँवर विधिगत रूपमा तयार गरिन्छ । यसको दुवै छेउमा घैला झुन्ड्याइएको हुन्छ, जसमा नदीबाट पानी भरेर शिवालयमा पु¥याइन्छ । यसरी पानीको स्रोतबाट शिवालय पुग्न गेरु वस्त्र धारण गरिन्छ र खालीखुट्टा हिँडिन्छ ।

यस क्रममा उनीहरू एकसाथ ‘बोलबम’ शब्द उच्चारण गर्छन् । जलाशयबाट ल्याइएको पानी शिवलिंगमा चढाइन्छ । यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ । भगवान् श्रीरामले पनि भोलेनाथलाई काँवर चढाएका थिए भनिन्छ । बोलबमको अर्थ शिवको मन्त्र जप्नु हो, युवा पुरेत दुर्गाप्रसाद दाहालले भने, ‘यसरी शिवको मन्त्र उच्चारण गर्दां, त्यसले पैदा गर्ने तरङ्गले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।” बोलबमले सात्विक जीवनशैलीतर्फ डोयाउने बताउँदै दाहालले बोलबम हिँड्नेले तामसिक जीवनशैली पूर्णतः त्यागेर सात्विक जीवनशैली अपनाउनुपर्ने सुझाव दिए ।

बोलबम यात्रा गरी विधिपूर्वक शिवलिंगमा जल अभिषेक गरे ‘मनको इच्छा पूरा हुने’ जनविश्वास छ । कतिले यसको वैज्ञानिक व्याख्या पनि गरेका छन् जसअनुसार बोलबम सांकेतिक रूपमा पानी र सृष्टिको महत्वलाई बुझाउने माध्यम पनि हो । किनभने प्राणी जगत पानीमा आश्रित छ र यसको अनुपस्थितिमा सृष्टिको कल्पना संभव छैन । यही तथ्यलाई मध्यनजर गर्दै अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानी सिंचित गर्ने प्रतिकात्मक सन्देशका रूपमा बोलबमको व्याख्या गरिन्छ ।

पौराणिककालमा समुद्र मन्थन गर्दा निस्किएको कालकुट विषलाई भगवान शिवले कण्ठ (गला)मा समाहित गरेर सृष्टिको रक्षा गरे । विषपानका कारण शिवको कण्ठ नीलो भयो । विषको जलन शान्त गर्न सबै देवी–देवता मिलेर शिवजीलाई जल अर्पण गरे । त्यसैले साउन महिनामा शिवलिंगमा जलअर्पण गर्ने चलन चलेको मानिन्छ ।

अघिल्ला दुई वर्ष बीचमा कोरोनाको महामारीले व्यर्थ गएका साउनका महिनामा यो वर्ष भने काँवरियाहरुले धोको फेरेर बोल बम यात्रा गरे । यो यात्रामा बोल बम्को जयकारा लगाउँदै शिवभक्तहरु विभिन्न जलाशय र कुण्डबाट पवित्र जल ल्याई, खाली खुट्टा पैदल यात्रा गरी शिवालयसम्म पुगेर शिवको मूर्तिमा जलअर्पण गर्ने गर्छन् । अनि बोल बम यात्रामा गेरुवा वस्त्र नै किन त ? किनकी भगवान शिवलाई मनपर्ने रंग हो गेरुवा ।

पछिल्लो समय फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालहरुका कारणपनि गेरुवा रंगका टीशर्ट, कमिज लगाएर बोलबम यात्रामा सरिक हुने युवा पुस्ताको संख्यापनि बढ्दै गएको छ । नेपालमा हरेक क्षेत्रमा एउटाले केहि ग¥यो भने देखासिकी गर्ने चलन भएको स्वीकार्दै उनले वर्षमा एकपटक आउने, एक महिना भएकाले भगवानप्रति आस्था होस या बोलबम प्रतिको आकर्षण, यसलाई गलत रुपले हेर्न नसकिने तर्क गरिन् ।

साउनमा प्रायःजसो महिलाहरुले धार्मिक परम्पराअनुसारका पहिरन, व्रत आराधना आदि बढि गर्ने गरेपनि पुरुषहरु व्रत, आराधनासंगै बोल बम यात्रामा पनि उत्तिकै सक्रियताका साथ सहभागी हुने गरेका छन । वीरेन्द्रनगर ९ कालुंगचौकका रमेश के.सी लामो समयदेखि शिवभक्तिमा लीन देखिन्छन् । हरेक वर्ष हुने बोल बम् यात्राको संयोजनदेखि अगुवाई गर्न उनी खटिइरहन्छन ।

बोलबम् कै कारण हिन्दू युवाहरुमा पछिल्लो समय धर्मप्रति केहि जागरुक भएको आपूmले पाएको उनको भनाई छ । जसका कारण हाम्रा पुर्खाले बचाएको सँस्कृतिको जगेर्ना हुनुका साथै आउने भावी पुस्ताका लागि धार्मिक ज्ञान र यसको महत्वका विषयमा पनि जानकारी हुने उनले बताए । धर्मकर्ममा लाग्दा भगवानप्रतिको आस्था बढ्ने र सबै परिवारको कल्याण भई भावी पुस्तालाई संस्कार हस्तान्तरण गर्नका लागि हरेक साउनको सोमबार बोल बम यात्रा गर्ने गरिएको केसीले जानकारी दिए ।

साउन महिनालाई धार्मिक महिना मान्ने भएकाले विभिन्न जलाशयहरुमा गएर शुद्ध जल ल्याई शिवजीलाई चढाउदा पाप हरण हुने उनको विश्वास छ । विभिन्न पवित्र नदी, जलाशय, कुण्ड लगायतको जल खाली गोडा तथा पैदलै हिडेर शिवलिंगमा चढाउने सोमबारको विशेषता रहेको छ । भगवान शिवले जलसंगै दूध, बेलपत्र, र हरियो पूजा सामग्रीहरु मन पराउने भएकाले शिवालयहरुमा श्रद्धालु भतmजनहरुले उतm वस्तुहरु चढाई पूजा अर्चना गर्ने गर्छन् ।

पछिल्ला वर्षहरुमा बोलबम यात्रामा खुबै सक्रिय देखिएकी वीरेन्द्रनगर ६ की लक्ष्मी गुरुङ्ग आपूmले बुझ्ने उमेर भएदेखि नै सबैको सेवा र धर्म प्रति समर्पित प्रतिक्रिया दिइन । महिला जेसीजकी पूर्व अध्यक्ष समेत रहेकी लक्ष्मीले भनिन्, धेरै वर्ष अगाडिदेखि साउन महिनामा बोलबमसंग गएर विभिन्न जलाशयबाट जल ल्याएर भगवान शिवलाई अर्पण गर्ने गरेको उल्लेख गरिन ।

‘यसबाट मलाई अरु होइन मनको शान्ति मिलेको छ । भगवान प्रति विश्वास हुनु भनेकै मनलाई शान्ति मिल्नु हो ।’ उनले भनिन, ‘भगवा संग मागेर केहि पाइँदैन, यो एउटा आस्था हो जसले गर्दा सहि बाटोमा हिड्न मार्ग दर्शन गर्छ ।’

जीवनशैली : बोलबम धार्मिक परम्परा कि फेशन टे्ण्ड !

के पुराना स्थापित पार्टीहरुप्रति सोच्नै पर्ने भएको

जीवनशैली : बोलबम धार्मिक परम्परा कि फेशन टे्ण्ड !

YUGAAWHAN NATIONAL DAILY (2079-04-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *