पहिरोले पुरिदा आमासहित तीनजनाको मृत्यु

जुम्ला,३१ असार ।

जुम्लाको हिमा गाउँपालिका– १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमासहित तीनजनाको मृत्यु भएको छ । हिमाको प्रहरी चौकीका अनुसार जुम्ला हिमा गाउँपालिका– १ आचार्य लिहीमा रहेको उक्त आयोजना पहिरोले पुरिँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा पावरहाउसका अपरेटर गोरखबहादुर रावतका श्रीमती ३० वर्षीया विमला रावत, नौ वर्षीय छोरा भरत रावत र आठ वर्षीय छोरा सूर्य रावत रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएर पहिरो आई घटना भएको बताए ।

प्रहरीलाई मध्यरात २ बजे खबर आएपछि त्यहाँ पुगेर उद्धार गरिए पनि पुरिएकाहरुको खोजी अझै बाँकी रहेको बताए । गाउँमा विद्युत कटौति भएसँगै गोरखबहादुर पावर हाउस पुगेपछि पहिरो गएको पत्ता लागेको थियो ।

प्रहरीका अनुसार मध्यरातदेखि प्रहरी घटना स्थलमा पुगेको जनाएको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले घटना स्थलमा गाउँपालिकाको टोली समेत पुगेर आवश्यक उद्धारदेखि गाउँपालिकाले गर्ने काममा सहयोग गर्ने बताए ।
स्रोत :  गोरखापत्र

पहिरोले पुरिदा आमासहित तीनजनाको मृत्यु

तुम्लिङसम्मको सडक सञ्चालनमा

पहिरोले पुरिदा आमासहित तीनजनाको मृत्यु

चट्याङ लागेर एउटै घरका चार जना घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *