अस्पताल निर्माण गर्न अम्रावासीले गरे करोडौंको जग्गादान

दुर्गा विसी
सल्लबिजार, २९ माघ ।
सल्यान पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिकामा १५ शैयाको अस्पतालको निर्माण प्रक्रिया अघि बढेको छ । शिलान्यास गरेको २ वर्षपछि स्थान परिवर्तन गरी अस्पताल बन्ने भएको हो । देवस्थलमा उक्त अस्पतालको शिलान्यास भएपनि जग्गा किन नसकेपछि नगरपालिकाले अम्राको पारी उत्पादन हुने जमिनमा अस्पताल बनाउने ठाउँ छनौंट गरेको हो ।

अम्राका स्थानीय करिव २३ घर परिवारले करिव डेढ विगाह जग्गा दान गरेपछि अस्पताल बन्न थालिएको हो । जग्गा दानका लागि वडा अध्यक्ष शान्त कुमार यरिको निर्णाय महत्वपूर्ण भुमिका रहेको छ । गाउँलेहरुसँग उत्पादन हुने जमिन निःशुल्क स्थानीय पालिकालाई प्रदान गराउन उनले निकै लामो समय संघर्ष गर्नुपरेको थियो । करिव ६ महिनाको अवधिमा आफ्नै गाउँमा १५ शैयाको अस्पताल बनाउने कार्यमा वडा अध्यक्ष यरीले निकै कष्ट गरे त्यो सफलता पनि प्राप्त गरे । नगरपालिकाले विभिन्न स्थान अस्पतालको लागि जग्गा खोज्यो तर निःशुल्क जग्गा नपाएपछि फिर्ता गएको रकम पनि आउनेमा सफलता प्राप्त भएको छ ।

अस्पताल निर्माण कार्यका लागि प्रक्रिया अघि बढेको र भखरै दुई दिन अघि १८ करोडको टेण्डर भएको इन्जिनियर महेश देवकोटाको भनाइ रहेको छ । छिन्चु–जाजरकोट सडक खण्डको सल्लीबजार नजिकै करिव डेढ विगाहा जग्गामा अस्पताल बन्ने भएको छ । स्थानीय लागे बहादुर वुढा, रुद्रवीर वुढा, रुद्रवीर विष्ट, गौरिलाल वुढा, भिमा वुढा, भिमवहादुर वुढा, मोतिलाल वुढा, लालबहादुर वुढा, तिलक विष्ट, झनवहादुर वस्नेत, गोब्लो वस्नेत, डम्बर महतारा, चन्दवहादुर वुढा, गोपाल वुढा, कलि वुढा, तिलक वुढा, गोरख वुढा, अमृत विष्ट, डिल्ली वुढा, लालविर चुनारा, शान्ति वुढा, प्रेम वुढा लगायतका थुप्रै स्थानीयले जग्गा दान गरेका छन् ।

अझै थप जग्गा र सट्टापट्टाको काम बाँकी रहेकोले पुनः अन्य व्यक्तिहरु पनि यो कार्यामा समाहित हुने जनाएको छ । निःशुल्क जग्गा नपाएपछि भौतारी रहेको नगरपालिका आखिर शिलान्यास गरेको स्थान छोडि अम्रामा अस्पताल बनाउने प्रक्रियामा अघि बढेको छ । करोडौंको जग्गा गाउँहरुबाट दान गराउन सफल वडा अध्यक्ष यरी आफ्नो तर्फबाट अस्पतालको लागि जग्गा दिएका केही व्यक्तिलाई जग्गा किनेर वा सट्टापट्टामा सहयोगी भुमिका निभाउने बताए ।

करोडौंको जग्गा दान गर्ने जग्गादातालाई नगरपालिका रजिस्ट्रेशन गर्न सदरमुकाम लिँदा खान बस्न समेत कन्जुस्याइँ ग¥यो तर हामी स्थानीयबासीले यत्रो पुनित काम गर्दा समेत म माथी गलत लान्छना लाउने काम हाल नगरपालिकाबाट भैरहेकामा वडा अध्यक्ष यरिले रोष प्रकट गरे ।

गाउँलेलाई १५ शैयाको अस्पतालका लागि जग्गा उपलब्ध गराउनका निम्ति यरीको निकै महत्वपूर्ण भुमिका रहेको छ । अस्पताल निर्माण कार्यका लागि आएको करोडौं रकम फिर्ता हुनबाट जोगिएको छ । यो नगरवासिको लागि सुखद् पक्ष भएको जग्गादाता तथा यो कार्यमा अर्को महत्वपूर्ण सहयोगीपना देखाउन सफल स्थानीय लोगवहादुर बुढाको भनाइ रहेको छ ।

अस्पताल निर्माण कार्यका लागि टेण्डर प्रक्रिया अघि बढेको छ । सडक किनाराको निकै खेतीयोग्य जमिन निशुल्क राज्यलाई दिएर अम्रावासीले निकै स्रहानिय काम गरेका छन् । नगरपालिका उनीहरुलाइ सम्मानित गर्नुको साटो जग्गा दान गर्नेहरुको नाम उच्चारण समेत गर्न कन्जुस्याइँ गरेको स्थानीयको दुखेसो छ ।

अस्पताल निर्माण गर्न अम्रावासीले गरे करोडौंको जग्गादान

निर्वाचनलाई १ लाख १८ हजार म्यादी प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *