बाल गृह महासंघ नेपाललाई अक्षय कोष बनाउन सहयोग

सुर्खेत, २५ मंसिर ।
बाल गृह महासंघ नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा सञ्चालित बाल गृहको अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ । अक्षय कोषको व्याजबाट बाल गृहमा आश्रित बालबालिकाहरुको शिक्षा, स्वास्थ्यका लागि खर्च गरिने जनाइएको छ ।

वीरेन्द्रनगर–६ सुर्खेत निवासी बेलायती सेनाको लेफ्टेन पदबाट सेवा अवकास प्राप्त रत्न बहादुर गुरुङ र उहाँका धर्मपत्नी मान कुमारी गुरुङले नगद पचास हजार पचपन्न रुपैयाँ सहयोग गर्नुभएको हो । गुरुङ दम्पत्तीले संस्थाका अध्यक्ष प्रजापति नेपाली र कोषाध्यक्ष गीता न्यौपानेलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
बाल गृह महासंघद्धारा सञ्चालित बाल आश्रममा ढाई बर्षदेखि १८ बर्ष उमेर सम्मका बुवा आमा गुमाएका १० जना बालबालिकाहरुलाई आवासीय आश्रम दिइएको संस्थाका अध्यक्ष प्रजापति नेपालीले जानकारी दिनुभयो । वीरेन्द्रनगर–१ ढोडेखालीमा बाल आश्रम सञ्चालन गरिएको उहाँको भनाईछ ।






