जुम्लामा परम्परागत घर हराउँदै

जुम्ला,२४ मंसिर ।

जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ। जुम्लाको सबै क्षेत्रमा यातायातको पहुँच भए सँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत घरको शैली हराउँदै गएको हो।

मल्ल कालमा बनेका माटाको छत दर्जनौं घरहरूसँगै जोडिएको पाइन्थ्यो, तर पुराना घरहरू अहिले हराउँदै गएका छन्। पछिल्लो समयमा यहाँका बूढापाकाले परम्परागत घरको शैली हराएसँगै आफूहरूको संस्कृतिक हराएको बताएका छन्। हिमाली जिल्लामा हिउँदमा बस्नको लागि न्यानो हुने माटोका घरहरु लोप भएका छन् ।

पातारासी –१ स्याला गडिगाउँका सिंह ऐडीका अनुसार जुम्लामा बनाइने परम्परागत घरको छुट्टै विशेषता छन्। पुराना शैलीका माटोका छत भएका घर ११ देखि २० घरसम्मसँगै हुने र उनीहरूले आफ्नो भाषामा गाउँलाई वाडा भनेर चिन्ने वा चिनाउने गर्थे। बूढा पुस्ताहरूका अनुसार पुराना घर भूकम्पबाट बच्न, र कुनै ठूलो सभा समारोह तथा भोज भतेर गर्नको लागि सहज हुने गर्थ्यो।

पछिल्लो समयमा पुराना घरहरू हराउन थालेपछि मौलिक संस्कृति हराउँदै जान थालेको उनीहरूको गुनासो छ। पातारासीका हरि ऐडी हाम्रो धार्मिक परम्परा बचाउन चुनौति देखिएको बताउँछन्। जुम्लाका आठै स्थानीय तहका गाउँ–गाउँमा जस्ताले छाना छाइएको छ,’ उनले भने,’परम्परागत घर निर्माणको शैली हराउँदै गएसँगै यहाँको मौलिक संस्कृति पनि लोप हुने सम्भावना बढेको छ । ’

राताेपाटी 

जुम्लामा परम्परागत घर हराउँदै

कामधन्दा सकेर फुर्सदमा पढाइ

जुम्लामा परम्परागत घर हराउँदै

बेरोजगारको सङ्ख्या वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *