आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना हुने

प्रचण्ड खत्री
रुकुम पश्चिम, २६ फागुन ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गरिने भएको छ । अर्थ मन्त्रालयबाट फागुन २५ गते सहमति दिएपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना हुने निश्चित भएको हो ।
कार्यालय स्थापनाका लागी मन्त्रालयले गत १८ गते मन्त्रीस्तरबाट मन्त्रीपरिष्दमा पेश गर्न निर्णय गरेपनि मन्त्रीपरिषद्मा भने निर्णय हुन बाँकि रहेको छ ।
त्यहाँका नागरिकहरु घरजग्गा लगायतको कारोवार गर्न तथा अन्य कामका लागि जिल्ला सदरमुकाम आउदा सास्ती भोग्नुपरेको गुनासो आउने गरेको थियो । अब आफ्नै नगरपालिकाबाट सेवा पाउने भएपछि नागरिकहरुले खुशी व्यक्त गरेको मनिराज शाहले बताए ।






