कानून विषयमा कर्णालीको उत्कृष्ट बन्यो सिद्धपाईला

सुर्खेत, २० भदौं ।
कक्षा–१२ को कानून विषयमा सुर्खेतको सिद्धपाईला इग्लिस मेडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर–१० ले कर्णालीमा उत्कृष्ट नतिजा ल्याएको छ । कर्णाली प्रदेशबाट कक्षा–१२ को कानून विषय अध्ययन गराउने अन्य विद्यालय र सबै विद्यार्थीहरुलाई उछिन्दै प्रदेशकै पहिलो, दोस्रो र तेस्रो स्थान सिद्धपाईलामा अध्ययनरत छात्र–छात्राले प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित शैक्षिक सत्र २०७८ को कक्षा–१२ कानून विषयको परीक्षामा कर्णाली प्रदेशकै प्रथम, द्धितिय र तृतीय नतिजा प्राप्त गर्न सफल भएको छ । विद्यालयका एलिसा सिंह ठकुरी र भोला रिजाल ३.५२ जिपिए ल्याएर कर्णाली प्रदेशबाट प्रथम हुन सफल भएको जनाइएको छ ।

झलक शाही, रेणु चौधरीले ३.४७ जिपिए प्राप्त गरेर कर्णाली प्रदेश द्धितिय र होमराज चलाउनेले ३.४६ जिपिए प्राप्त गरेर कर्णाली प्रदेश तृतीय हुन सफल भएको विद्यालयका प्रिन्सिपल नैनसिंह खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया