नेपाल पत्रकार महासंघ शाखा जुम्लाले २० औ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना तथा तिला गाउँपालिकाको मुख्य सहयोगमा तिला गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अध्यक्ष नेत्रबहादुर शाहीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य विनिता कठायतको प्रमुख आथित्यतामा शुरु भएको उद्घाटन कार्यक्रममा विभिन्न निकाय तथा पत्रकारहरुले सुझाव सहित शुभकामना दिएका छन् ।
प्रतिनिधिसभा सांसद विनिता कठायतले तिला गाउँपालिकामा वर्थिङ सेन्टर निर्माणमा सहयोग गर्नेमा प्रतिवद्धता जनाइन्।जहिले पनि आफ्नो लागि नभई जनताका लागि काम गर्न आवश्यक रहेको बताउँछिन्। उनले पत्रकारले पत्रकारको मर्मलाई ध्यान दिएर काम गर्ने बताइन् ।
उनले राज्यको चौथो अंगले राजनितिको ट्याग हटाउनु पर्छ । तर आफुबाट पत्रकारिता क्षेत्रबाट गर्नुपर्ने कामका लागि पत्रकार महासंघ जुम्ला सँग सहकार्य गरेर काम गरिरहेको बताइन् । उनले अव झुट बोलेर केही पनि नहुनेमा जोड दिइन् ।
सत्यताको राजनिति मात्रै सफल हुने बताउदै पत्रकारिता क्षेत्र मात्रै समाजको पुलको रुपमा छ।जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले नेपाल पत्रकार महासंघ जुम्लाले महासंघको सम्मेलन तथा अधिवेशन घुम्ति शिविर जस्तै भईरहेकाले गाउँ समाजका विषयको उठान गर्ने अपेक्षा भएको बताए ।
उनले दुर्गम तिला गाउँपालिकाको सवालमा अधिवेशन तथा तिला मिडिया सम्मेलनले जोड दिने बताउँछन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकामा पत्रकार महासंघको अधिवेशन तथा तिला मिडिया सम्मेलन गरेर प्रथामिकता दिएकोमा पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गरे।उनले तला गाउँपालिका अहिले पनि सड्क पुल नजोडिदा पिठ्युमा भारी वोक्न वाध्य भएको तिलाको विकासमा ध्यान दिन पत्रकार तथा सरोकारवाला निकायलाई जोड दिए । उनले तिलाका केही वडामा अहिले पनि वर्थिङ सेन्टर हुन नसकेको स्थिति रहेको, सड्क बाटो समस्या भएको ओैल्याए ।
उपाध्यक्ष गोरीकला वुढाले मिडियाको प्रर्वधन गर्न तिला गाउँपालिका प्रतिवद्ध रहेको बताउदै तिलाको विकासमा अधिवेशन र मिडिया सम्मेलनले तिलाको पर्यटकीय विकासमा जोड दिएकोमा जोड दिइन्। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पत्रकार समाजको सवैभन्दा बढि भरपर्दो पेशा भएकाले सोही अनुसार काम गरिरहेको बताए ।
उनले पत्रकारले तथष्टतामा जोड दिन अहिलेको पत्रकारिता क्षेत्रले ध्यान दिनुपर्ने सुझाव दिए।राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले पत्रकार महासंघले जुम्लामा नागरिक अगुवाईको भूमिका खेल्दै आएको हुनाले यस कार्यका लागि धन्यवाद ज्ञापन गरे।उनले पत्रकारिता क्षेत्र एकजुट भएर थप काम गर्नेमा जोड दिए ।
कार्यक्रममा वन्द शेषनमा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि पुरस्कार कार्यविधि तथा पारित गरिएको छ । सचिव मानदत्त रावलले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्ष धनलाल वस्नेतले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरिएको छ ।
आफ्नै भवन र ५ लाखको कोष
महासंघले आफ्नो प्रगति प्रतिवेदनमा आफ्नो भौतिक संरचनामा महासंघको तेस्रो तलाको पक्कि भवन निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा भवन निर्माण सम्पन्न भएको छ ।
यसैगरी यस कार्यकालमा हिमा गाउँपालिकाको सहयोगमा ५ लाखको आर्थिक सहयोगमा पत्रकारका लागि अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोष बाट क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने भएको छ । महासंघले कार्यविधि वनाएर विभिन्न विधाका पुरस्कार छनाौट गरी वितरण गरिने भएको छ ।
यसका साथै महासंघले पत्रकारको हक अधिकारको विषयमा, पत्रकार भेटघाट सहितका सामाजिक सवालका उठान गर्ने, पत्रकारिता क्षेत्रबाट विधागत पैरवि, क्षमता अभिवृद्धि लगायतका कामहरु गरिएको थियो ।
गाेल्डेन बुढा । जुम्ला । १३ बैशाख २०८१, बिहीबार १५:३०