जिन्दगी एक पेन्डुलम 

बिजय मोहन सापकोटा

यो जिन्दगी खै के जिन्दगी
भित्र भित्र खोक्रिएर जिउनु पर्ने,
बाहिर बाट देखावटी मुस्कान ल्याउनुपर्ने
उफ… कस्तो यो जिन्दगि ।

भक्कानिएर बेदना पोख्न नै नमिल्ने
पिडा कति छ जोख्न नै नमिल्ने,
कसैसङ्ग ऐचो पैचो गर्न नै नमिल्ने
कस्तो एक्लो (एक्लो जिन्दगी ।

अनि कसैको आसमा हुन्छु
सोच्छु उसको हरेक सासमा हुन्छु

सिरमा सजिने चाहाना बोकियो
कठै १
सबै कुरा चक्नाचुर भएर पोखियो
लाग्थ्यो जिउ ज्यान हो म कसैको
तर केथा सास नभएको ज्यान
अनि आस नभएको जिवन बन्न पुगेछु ।

तेसैले त खस्छन मोति दाना आखाबाट ,
तर बुझ्ने कस्ले अनि बुझाउने कस्लाइ आखिर मैले ,
लाग्थ्यो ।।
उ छेउमा बसिदिय मात्र मेरो आधा पिडा कम हुन्छ
उस्को मुस्कान देख्दा मात्र मेरो दुख भक्कानिन्छ
उफ।।
कस्तो बिडम्बना न उसलाइ मेरो छेउमा बस्न मन भो
न मेरो अनुहारले उसको मुस्कानमा मिठास ल्याउन सक्यो ।

उसलाइ सबथोक ठान्ने म
उसको एकथोक बन्न सकिन ।
त्यसैले त भक्कानिन्छ मन
अनि रन्किन्छ यो छाति
आखिर केका लागि नै रैछ र यो सब ।

मानिसहरु भन्छ्न जिवन जिउने तरिका धेरै छन ,
तर म सङ्ग त न तरिका छ, न जिवन ।
कायर भएर , न मर्न सक्छु
न बलवान भएर , बाच्न सकिराछु ।

पाउने भन्दा गुमाउने कुरा धेरै भो
बस नामको जिन्दगि रहयो,
एउटा जिउदो लास, सास सहित को १
कात्रो बिनाको तर, बास

कति लड्नु आखिर यो जिवन सङग
न लड्न मन छ, न छ तागत ,
गुदि नभएपछि के काम कुनै फलको ?
मिठास नभएपछि के काम हरेक पलको ?

उफ।
कस्तो बिपरित चलिरहेको छ जिबन
के गर्नु देखेका हरेक सपना उल्टा हुन्छन ,

यो जिन्दगि खै के जिन्दगि
न बाच्न सक्ने
न मर्न,
आखिर यो बाहेक बाकि के नै रहयो र ?

 

तपाईको प्रतिक्रिया