जुम्लाको गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ । काठमाडौँ विश्व विद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक रामदेवि तचामो शाहले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गिडिदहको सानो र ठुलो दहको गरी कुल तालको गहिराई ४२.३ मिटर, लम्बाई १ हजार ५ सय १० मिटर छ ।

जसमा ठुलो तालको लम्बाई १ हजार ६० मिटर र चौडाई ३ सय १० मिटर छ । भने त्यस्तै गिडिदहकै सानो तालको लम्बाई ४ सय ५० मिटर, चौडाई २ सय १० मिटर र गहिराई २१.३ मिटर रहेको शाहले बताइन् ।

समग्र गिडिदह २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको उनी बताउँछिन् । गिडिदह वरिपरि राष्ट्रिय महत्व बोकेका १८ प्ररकारका चरा, ७ प्रकारका स्तनधारी जनावर र ७४ प्रकारका चराचुरुङ्गी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय अध्ययन गरिएको जुम्लाको डिगिदह तालको गहिराई ४२.३ मिटर छ । जुम्लाको गिडि दह (ताल) कर्णालीको तेस्रो ठुलो तालमा गणना भएको छ । गिडिदह तालको अध्ययन गर्नको लागि विश्वविद्यालयको टिमले ९ दिन लगाएर लम्बाई, चौडाई, गहिराई, वन्यजन्तु, रुख विरुवा र क्षेत्रफल लगायतका पक्षको अध्ययन गरेको थियोे ।

तातोपानी – ४ का वडा अध्यक्ष अमर वहादुर रोकायाले समुन्द्रि सहत देखि ३ हजार ४ सय ८५ मिटर उचाईमा गिडिदह रहेको बताए । कर्णाली राजमार्गको हाँकुबाट गिडिदह सम्मको दुरी २९ किलोमिटर छ । गिडिदह सम्म पुग्ने बाटोमा फूलचौल्या र बाईस पाटन लगायतका पर्यटन क्षेत्र पर्छन् । पूर्वाधार विकासका लागि डिपिआर, वातावरणीय प्रभाव मूल्यांकन, धर्मशाला र पदमार्ग निर्माण लगायतका काम भएको छ ।

गिडिदह सम्मेलन गरी गिडिदह घोषणापत्र समेत सार्वजानिक गरिएको अवगत गराएका थिए । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायत राष्ट्रिय ताल संरक्षण समितिको ५ लाख र गाउँपालिकाको १० लाख गरि जम्मा १५ लाख रुपैयाँको लागतमा दहको नापजाँच गरिएको बताउँछन् । गिडिदह सम्म जाने २७ सय मिटर घोरेटो बाटो छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईका अनुसार पहिलो पटक २०७९ असोज ३ देखि ६ गते सम्म ८४ सदस्यीय सरकारी टोली गिडिदह पुगेको थियो ।

तपाईको प्रतिक्रिया