कर्णालीका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विश्वासको मत पाएका छन् । बिहिवार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कंडेललाई २३ जना सांसदले विश्वासको मत दिएका हुन् ।

मतदानमा सहभागी ३५ जना सांसदमध्ये मुख्यमन्त्री कंडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् ।

कांग्रेसका १३ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले मतदानमा सहभागी नहुने बताइन् । उनले सत्ता अदलबदलको खेलमा राप्रपा नलाग्ने भएकाले तटस्थ बस्ने बताएकी हुन् ।

तपाईको प्रतिक्रिया