अदानचुली करार कर्मचारी भर्ना : ५२ सिटमा २ सय ५४ को दरखास्त, परीक्षा भने अन्यौलमा

कालिबहादुर थापा
सिमकोट, २७ साउन ।
करारका कर्मचारीको करार संझौता नविकरण नगरेको हुम्लाको अदानचुली गाउँपालिकाले आव्हान गरेको दरखास्तमा ५२ सिटका लागि २ सय ५४ जनाको आवेदन परेको छ । नेकपा एमाले नेतृत्वको सरकारले भर्ना गरेका करार कर्मचारीलाई साउन २ गतेदेखि हाजिर गर्न नदिएर नयाँ कर्मचारी भर्नाको प्रक्रिया थालेको नेपाली कांग्रेस, मोआवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सम्मीलित स्थानीय सरकारले साउन ९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक आब्हान गरेको थियो ।

अदानचुली गाउँपालिकाले ११ गतेका दिन बिभिन्न पदहरु गरी ५२ सिटको लागि दरखास्त आवाहान गरेकोमा बुधबार अन्तिम दिननको साँझ सम्म २ सय ५४ जनाले फारम भरेको अदानचुली गाउँपालिकाको प्रशासन शाँखाले जनाएको छ ।

११ गते का दिन गोरखापत्र दैनिक र अर्थ बजारमा एकसाथ प्रकाशित गरी गाउँपालिकामा आबश्यक बिभिन्न ५२ पदहरुको लागि बिज्ञापन गरे पछि यस क्षेत्रका बिभिन्न ठाउँहरुबाट गाउपालिका भित्रका बिभिन्न पदमा फारम भरेको जनाएका छन । तर पनि त्यसको १ दिन पछि गाउँपालिकाले स्थानीयलाई पहिलो प्राथामीकता दिने भन्दै एक सुचना जारी गरे पनि गाउँपालिका भन्दा बाहिरकाले अहिले सम्म बिभिन्न पद गरी ७ जनाले फारम भरेको पाईएको छ ।

महिनाको ११ गतेबाट फारम भर्न सुरु गरी अन्तिम दिन सम्म २ सय ५४ जनाले फारम बुझाएको प्रशासन शाँखामा खटीएका अहेब हर्कदन भण्डारीले जानकारी दिनु भएको छ । उनका अनुसार सबै भन्दा धेरै ९ जना माग गरेको कार्यालय सहयोगी तर्फ करिब ६३ जनाले फारम भरेका छन् भने २ जना गाउँपालिकाका लागि गरेको कम्प्युटर अप्रेटरमा,२१ जनाले फारम भरेका छन ।

यस्तै ६ वडाका लागी मात्र २३ जनाले फारम भरेका हुन । जसमा अदानचुली १ मा २ जना,अदानचुली २ मा ५ जना,अदानचुली ३ मा ८ जना,अदानचुली ४ मा २ जना,अदानचुली ५ मा ४ जना र अदानचुली ६ मा २ जनाले फारम भरेका छन ।

यस्तै कृर्षि तर्फ १८ जना सिभिल ईन्जिनियरमा १जना,सिफल आबरसियरमा ४ जना,सिभिल असिस्टेन सव ओबरसियरमा ३० जना,भेटनरी तर्फ ३४ जना,अनमिमा २२ जना,अहेबमा ३२ जना र २ पदका लागि माग गरीएको स्वीपरमा ६ जनाको दरखास्त फारम भरेको बताएका छन । यस्तै अन्तिम मिति सम्म गाउपालिका बाहिरबाट ताँजाकोट, सर्केगाड, मुगुको सोरु गाउँपालिका र दैलेख जिल्ला भित्रका ब्यात्तीले मात्र फारम भरेको बुझिएको छ ।

परीक्षा अन्यौल
अदानचुली गाउँपालिकाले खुला गरेको बिज्ञापनको समय हिजो सकिए पनि परिक्षा कहिले हुँने भन्नेमा अन्योल भएको छ । रोजगार सहायक एक पदको लागि भएको लिखित परिक्षाको समेत नतिजा प्रकासन गर्न नसकेको गाउँपालिकाले ५२ जना बिभिन्न पदको लागि गरिएको बिज्ञापन कहिले सञ्चालन गर्ने हो भन्ने अन्योल नै रहेको बताइएको छ ।

११ गतेबाट खुला गरेको बिज्ञापनको हिजो मिति सकिए सँगै ५२ पदका लागि २ सय ५४ जनाले दरखास्त दिएका छन् तर पनि उनिहरुको परिक्षा कहिले हुँने भन्नेमा आबदेकहरु अन्यौलमा रहेका छन् निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेल निलम्बन्नमा परे पछि परिक्षा तालिका नै सार्बजनीक भएको छैन ।

हुम्लाकै सर्केगाड परीक्षा तालिका सार्बजनिक
अदानचुली गाउँपालका भन्दा सर्केगाड गाउँपालिकाले ढिला बिज्ञापन गरे पनि परिक्षाको मिति समेत तय गरी सकेको प्रमुख प्रशासकिय अधिकृत नर बहादुर रावतले बताए । बिहिबार एक सुचना प्रकासीत गर्दै गाउँपालिकाले गरेको बिभिन्न बिज्ञापनहरुको परिक्षा मिति तोकिएको बताउनु भएको छ ।

प्रशासन सहायकको भाद्र १० गते बिहान ८ बजे पहिलो पत्र र ११ गते बिहान ८ बजे दोस्रो पत्र हिम ज्याती माध्यामिक बिद्यालयमा हुँने भएको छ । अनमि,अहेब र बैद्यको १० गते बिहान ९बजे,रोजगार सहायकको १० गते बेलुका २ बजे प्रथम पत्र र बेलुकी १ बजे दोस््रो पत्रको परिक्षा हुँने भएको छ । इन्जीनीनियरिङ सेवाको १० गते बिहान बिहान ९ बजे,पशु कृषि सेवाको १० गते बिहान १० बजे,कम्प्युटर अप्रेटर १० गते बिहान ११ बजे पहिलो र ११ गते दिउसो १२ बजे दोस्रो पत्रको परिक्षा सञ्चालन हुँने भएको छ भने शिक्षकहरुको लागि पनि सोही अनुसार १० र ११ गते सञ्चालन हुँने बताए ।

तपाईको प्रतिक्रिया