ब्रान्ड स्टाेरी : बट्टाका बादशाह, नन्दप्रसाद

पुनम वि सी

सुर्खेत १९ साउन ।

केहि वर्षअघिसम्म हाम्रो गाउँघर समाजमा कोहि दुःखी गरिब मान्छे माग्न आए भने दुई चार रुपैयाँ दिनेले बडो कठोर वचन लाएर दिन्थे । ..हातखुट्टा त ठीक छन् काम गरेर कमाएर खान सकिन्न ? यस्तो सद्दे मान्छेले मागेर खान लाज लाग्दैन ? मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्दे नहुने अर्थात शारिरीक रुपले अपांगहरुले मात्रै हो, सांगहरुले त काम गरेर खाने हो भन्ने एक किसिमका गलत र विभेदकारी मानसिकता भएकै कारण यस्ता दुर्वचन धेरैले सुन्न पथ्र्यो ।

 तर नन्दप्रसाद चौलागाइँ एउटा यस्तो उदाहरणीय पात्र बनेर उदाय जसको मिहिनेत, लगनशीलता र सफलता देखेर अहिले यस्ता निच सोचाइ भएका व्यक्ति लाजले रन्थनिन्छन् । सुर्खेत एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिण लागेपछि भेटिने एउटा साधारण घरमा ६८ वर्षीय चौलागाई
आप्नो नियमित काममै व्यस्त भेटिन्छन सधैंजसो । मिठाई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा मग्न चौलागाइले उद्योग थालेको अहिले २२ वर्ष लागिसकेको छ ।

तरपनि न त उनका हातगोडा थाकेका छन न त उनको जाँगर नै सेलाएको छ । उनको या काममा उनलाई सघाउँछिन उनकी श्रीमति नन्दरुपा चौलागाई जो दुबै आँखा देख्दिनन् । तर यी दुई जोडीले सञ्चालन गरेको, ।सुर्खेत स्विट बक्स’ व्यवसायले भने दुई दशक काटेको छ अनवरत, निरन्तर । हुन त शारिरीक अपाङ्गतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैमा कम चुनौतिपूर्ण र चानचुने होइन । तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै दमदार छ ।

उत्पादनमा पारिवारिक जनशक्ति

आमाबुवाको मुख हेर्ने दिन, गुरुपूर्णिमा, रक्षा वन्धन, सरस्वती पूजा, दशै  ित ह ा र आदि जस्ता विभिन्न चाडपर्वहरुमा तपाईंले वीरेन्द्रनगरका कुनैपनि मिठाई पसलबाट एकाध किलो मिठाई किन्नु भएको छ भने मिठाई प्याक गर्ने एउटा रंगीन, बुट्टेदार कागजको बट्टापनि पक्कै देख्नु भएकै छ, यादपनि गर्नु भएकै होला। हो यो त्यहि बट्टा हो जो चौलागाई द म् प ित्त क ा े मिहिनेत र परिश्रम मिसिएर तपाइँका लागि मीठा, रसिला, गुलिया मिठाई प्याक भएर आउँछ ।

मासिक रुपमा करिब दुई हजार बट्टा उत्पादन गर्छन् नन्दप्रसाद र उनकी श्रीमति । लगानी कटाएर वार्षिक एक लाख रुपैयाँभन्दा बढि नै वचत हुन्छ उनीहरुको । यस आधारमा उनको वार्षिक कारोवार रकम करिव पाँच लाख रुपैयाँ हुन जाने देखिन्छ । साना तथा मझैला उद्योगहरु चलाउने धेरैजसोले आप्mनो व्यापार व्यवसायको आय–व्यय राख्दैनन् । तरपनि व्यवसायले उनीहरुलाई आम्दानी दिईरहेको हुन्छ, कारोवार चलिरहेको हुन्छ ।

नन्दप्रसादको व्यवसाय पनि सोहि अनुसार एक हो । चौलागाईको परिवारको मुख्य आयस्रोत नै यहि हो । दुई छोरा र एक छोरीसहित परिवारमा पाँच जना सदस्य हुन् , जेठा छोरा अलगिएर बसेका छन् । हाल बट्टाको यो व्यवसायलाई उनको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागि श्रममा लगानी खर्च गर्नुपर्ने अवस्था छैन ।

पहिला सिपाही, अहिले व्यवसायी

नन्दप्रसादले तत्कालिन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गरे । वि.सं. २०३२ साल चैत्र एक गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका हुन् । सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुबै खुट्टाले शरिरलाई साथ दिन छाडेपनि उनले आप्नो लगनशीलताका यात्रालाई कहिल्यै छोडेनन, कहिल्यै रोकेनन् ।

सेनामा सेवाका क्रममा म प्याराप्लेजिया रोगले थलिएँ, जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन । उनले विगत सम्झिए,… उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाई सरेको हुँ ।’ जुम्लाको तत्कालिन लाम्रा गाउँ विकास समिति–४ मा जन्मिएका उनी २०५२ सालमा सुर्खेत वसाईसरी आएका थिए । सो समयमा १० धुर जग्गाबाट उनको सुर्खेत वसोवास सुरु भयो ।

लगनशिलता तथा व्यवसायिक निरन्तरताले अहिले उनले वीरेन्द्रनगरमै एक कठ्ठा १५ धुर घडेरी र सात कठ्ठा १० धुर खेत जोडेका छन् । २०५४–०५९ सम्म उनले किराना पसलपनि चलाए उनले । घर भएको हालकै स्थानमा उनले नुन र मट्टितेलको बिक्रि वितरण थालेका थिए । पछि गएर त्यस क्षेत्रमा सोहि प्रकारमा व्यवसायहरु बढ्न थाले । ग्राहकको संख्या घट्यो । उनले किराना पसलको व्यवसायलाई रोक लगाए ।

प्लाष्टिकको सट्टा कागज

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र सुर्खेत नेत्रहिन संघको आयोजनामा कागजी सामाग्री उत्पादन’ सम्वन्धि एक हप्ते तालिमपछि नन्दप्रसादले मिठाईको बट्टा बनाउन थालेका हुन् । सो तालिममा २५ जनाको सहभागिता थियो, तर सुर्खेतमा अहिले यहि व्यवसाय स ञ् च ा ल न ग र्न े  नन्दप्रसाद मात्र एक्ला प्रशिक्षार्थी निस्किए।

उनले भने,  कागजका थैला, झोला, मिठाईका बट्टा बनाउन जानेका छौँ । सुरुवाती समयमा हामीले बनाएका मिठाईका बट्टाले बजार पाए । तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन, त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो ।’ बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दो छ । यसले वातावरण प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत सोझै असर गरिरहेको छ ।

यस अवस्थामा कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वास गर्छन् । यसका लागि बजारमा बच्चा पदार्थ पनि खेर गईरहेका छन् । छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन् । उनले भने, नागरिकमा पनि चेतनाको विकास भईरहेको छ । हालको समयमा कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके राम्रो हुने थियो ।’

प्लाष्टिकका थैलीका तुलनामा कम मूल्यमा कागजका थैला बट्टा उत्पादन गर्न सकिने उनको भनाई छ ।उनले भने, पहिलो लगानी मात्र बढी लाग्ने हो । स्थानीय स्तरमै कच्चा पदार्थको पाइने र बजारमा प्लाष्टिक प्रयोगको घाटावारे नागरिकले थाह पाउँदैछन् । कागजको थैलीले बजार पाउन सक्छ । बजारबाट माग आएका हामी पनि कागजका थैली कम मूल्यमै उत्पादन गर्न सक्छौँ ।

तपाईको प्रतिक्रिया