सुर्खेतका वडामा एमालेको खाता खुल्यो

सुर्खेत, ३१ बैशाख ।
सुर्खेतमा रहेका ९९ वटाको मतपरिणाम आउनेक्रम जारी रहेको छ । शनिबार दिउँसो आएको मत परिणाम अनुसार पञ्चपुरी नगरपालिकाको वडा नं. १ बाट नेकपा एमालेको विजयी यात्रा सुरु भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री नवराज रावतको गृह नगर हो । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ ।

शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनबाट एमालेका कणर्बहादुर थापाको प्यानल नै विजयी भएको हो । थापाले चार सय ७९ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवारले तीन सय ६३ मत प्राप्त गरे । माओवादी केन्द्रले ४२ मत, राप्रपाले १४ र एकीकृत समाजवादीले ३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया