पहाडी जिल्लामा उडान सुरु

गोदावरी : नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मद्देनजर गर्दै हवाइ सेवा सुरु गरिएको हो ।

धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आइतबारदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि डोटीलाई २ हजार ६१५ र डोटीबाट धनगढीलाई २ हजार ५१५ भाडादर कायम गरिएको छ ।

धनगढीदेखि बझाङ ३ हजार ९९५ र बझाङदेखि धनगढी ३ हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए। धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।

पहाडी जिल्लामा उडान सुरु

अनलाइनबाटै शैक्षिक प्रमाणपत्र दिने त्रिविको तयारी

पहाडी जिल्लामा उडान सुरु

सर्वोच्च बारको बैठक बस्दै, टि ब्रेकमा प्रधानन्यायाधीशसँग

Leave a comment

Your email address will not be published. Required fields are marked *