भलिवलको उपाधि लेकवेशीको पोल्टामा

सुर्खेत : सुर्खेतको चिङ्गाडस्थित ठाँटीमा भएको अन्तरपालिका स्तरीय पूरुष भलिवल प्रतियोगिताको उपाधी लेकवेशी नगरपालिकाको पोल्टामा परेको छ । शनिबार सम्पन्न फाइनल खेलमा अवलचिङ्गलाई हराउँदै लेकवेशी नगरपालिले उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै लेकवेशीले ८० हजार नगद र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा अवलचिङ्ग द्धितीय र वीरेन्द्रनगर नगरपालिकाको टोली तृतीय भएको छ । अवलचिङले ५० हजार र वीरेन्द्रनगरले ३० हजारमा चित्त बुझाएका छन् । यस्तै विभिन्न विद्यामा उत्कृष्ट उत्कृष्ट खेलाडी ललित बिक, उत्कृष्ट स्पाइकर प्रकाश विक, उत्कृष्ट लिफ्टर मिलन राना, उत्कृष्ट ब्लकर शैलेन्द्र शाही, उत्कृष्ट सर्भर निराजन ढकाल, उत्कृष्ट कोच हेमन्त मल्ल, उत्कृष्ट लिब्रो बिरेन्द्र रानाले पाएका छन् ।

ठाँटी मेलाको हरेक बर्ष जस्तै यस बर्षपनि भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । आउदो बर्ष थप आकर्षणसहित प्रतियोगिताको आयोजना गरिने आयोजक ठाँटी मेला व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले उद्घोष गरेका छन् ।

भलिवलको उपाधि लेकवेशीको पोल्टामा

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको

भलिवलको उपाधि लेकवेशीको पोल्टामा

पीडितलाई छानो देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *