गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

काठमाडौं : बुल्गेरियामा गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको रोयटर्सले जनाएको छ।

बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन  । मृत्यु हुनेमा केही बच्चाहरू पनि छन् ।

मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ  । नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो ।

उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू थिए  । बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो ।

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-8-07)

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

भलिवलको उपाधि लेकवेशीको पोल्टामा

Leave a comment

Your email address will not be published. Required fields are marked *